नेपालको सुन्दर पक्ष विविधतामा एकता : मन्त्री सञ्चार मन्त्री गुरुङ


काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको सबैभन्दा सुन्दर पक्ष विविधतामा एकता रहेको बताउनुभएकोछ ।

आज स्यम्बुस्थित महामहिम श्री गुरुङ योङ्जीन रिन्पोछेको १०० औँ जन्मोत्सवको शुभ अवसर तथा ट्रितेन नोर्बुचे युङ्डुङ् बोन उच्च शिक्षालयको नयाँ भवनको शुभारम्भ कार्यक्रममा बोल्दै नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले बौद्धधर्मावलम्बीको महत्वबारे धारणा राख्नुभयो ।

उहाँले विभिन्न जातजाति , भाषा भाषि, धर्म समुदाय मिलेर नै नेपालले पुर्णता पाएको बताउँदै हिमाली भेगका समस्या राज्यले अझै पहिचान गर्न जरुरी रहेको सुनाउनभुयो । मन्त्री गुरुङले शान्ती र मानवताको पर्यावाचि बौद्ध धर्मले राज्यलाई निकै ठुलो योगदान दिएको बताउनुभयो ।

साथै उहाँले हिमाली भेगको समस्या जे छ, त्यो आफु र सरकार समक्ष राख्न पनि आग्रह गर्नुभयो । नेपालमा लामो समयको संघर्ष पछि आएको संघीय राज्यव्यवस्थाले धर्मनिरेपेक्षताको सम्मान गरेको बताउँदै हरेक सम्रदायले यसको भरपुर लाभ उठाउन आग्रह गर्नुभयो ।

“संघीयता नभएको भए हामी खुलेर आफ्नो धर्म र समुदायको प्रचार गर्न सजिलो हुँदैन थियो”, मन्त्री गुरुङले भन्नुभयो,“सबैले ल्याएको संघीयताका राम्रा पक्षलाई सदुपयोग गर्नुपर्छ ।” बौद्ध धर्मालम्बीका जुन सुकै समस्या समाधान गर्न अहिलेको सरकार सकारात्मक रहेको समेत उहाँले बताउनुभयो ।