प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान


काठमाडौं ।

प्रधान सेनापति अशोक राज सिग्देलले उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी नकुल बहादुर रायमाझीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

बुधबार जङ्गी अड्‌डामा आयोजित एक कार्यक्रमका बिच रायमाझीहरुलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।

पदोन्नतिसँगै उपरथी रायमाझी सैनिक इन्टेलिजेन्स महानिर्देशनालय (इन्टेलिजेन्स कोर) को महानिर्देशकमा नियुक्त भएका छन् ।

कार्यक्रममा बलाधिकृत, बलाध्यक्ष, रथीवृन्द, अधिकृतहरुका साथै उपरथी श्री रायमाझीको परिवारजनको उपस्थिति रहेको थियो ।