साँखुमा महिला प्रहरी मृत फेला


काठमाडौं ।

प्रहरी प्रभाग साँखुमा कार्यरत महिला प्रहरी मृत फेला परेकी छन्।

प्रहरी जवान निशा चौधरी ब्यारेकमै मृत फेला परेको जिल्ला परिसर काठमाडौंले जनाएको छ ।

बुधबार बिहान ५ बजेदेखि साढे ११ बजेसम्म डीयूटी गरेर ब्यारेकमा फर्किएकी थिइन्।

उनकाे सहकर्मीले १२ बजेतिर उनलाई झुण्डिएको अवस्थामा मृत फेला पारेको प्रहरीले जानकारी दिएको छ ।

घटनाबारे थप अनुसान्धान भइरहेकाे छ ।