साउदी जाने यात्रुहरुले पोलियो खोप लगाउनु पर्ने


काठमाडौं ।

साउदी अरब यात्रा गर्ने यात्रुहरुले पोलियो भाइरस खोप लगाउनु पर्ने भएकाे छ ।

GACA को ०७/०१/२०२५ को परिपत्र नम्बर अनुसार साउदी अरबमा यात्रा गर्ने सबै यात्रुहरूले पोलियो भाइरस खोप लगाउनु पर्ने भएकाे हाे ।

देश बाहिर रहेकाे साउदी अरबका नागरिक र बासिन्दाहरुलाई साउदी आइपुगेपछि खोपमा छुट दिइने जानइएकाे छ ।
फेब्रुअरी १०, देखि खोपको प्रभावकारी रूपमा लागू गरिने छ।