रौतहट ।
रौतहटका किशाेरीलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन आजदेखि एचपीभी खोप लगाउने अभियान सुरु भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार दुई चरणमा लगाइने यो खोपको पहिलो चरणमा नौ वटा पालिकामा किसोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्ध एचपीभी खोप लगाईने छ ।
पहिलो चरणमा फतुवा विजयपुर, मौलापुर, बौधीमाई, गढीमाई, कटहरिया, देवाही गोनाही, राजपुर, परोहा र इशनाथ नगरपालिकामा माघ २९ गते सम्म किसोरी लाई खोप कार्यक्रम शुभारम्भ गरिएको छ भने माघ ३० गते देखि फागुन ६ सम्म चल्ने दोस्रो चरणमा गौर, राजदेवी, माधवनारायण, गरुडा वृन्दावन, गुजरा र चन्द्रपुर नगरपालिका तथा दुर्गा भगवती, यमुनामाई गाउँपालिकामा एचपीभी खोप किशोरीलाई लगाइने जनाइएको छ ।
विद्यालय जाने कक्षा ६ देखि १० सम्मका छात्रा तथा विद्यालय बाहिरका १० देखि १४ वर्षसम्मका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयमा ३९ हजार र विद्यालय बाहिर रहेका १० हजार भन्दा बढि गरेर ४९ हजार २६९ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर हुनबाट जोगाउन एचपीभी खोप निःशुल्क लगाउँदैछ । स्वास्थ्य कार्यालय रौतहटका प्रमुख राजेश सिंहले अभियानमा साथ दिन सबै लाई आग्रह गरेका छन् ।











प्रतिक्रिया