लगभग एक वर्षअघि पहिलेको १ नम्बर प्रदेशको नाम ‘कोशी’लाई खारेज गराउने आन्दोलन शुरु भएको थियो। जुन आन्दोलनका क्रममा एकजना ‘लिम्बु कामरेड’ (लाजेहाङ) शहीद हुनुभएको थियो भने केही कामरेडहरु घाइते भएका थिए। हुन पनि त्यो बेला राज्यपक्षका आर्य–खस कामरेडहरु एवं नेका र एमालेमा रहेका आदिवासी जनजाति मूलका तत्कालीन १ नम्बर प्रदेशका सांसदहरु अघि सरेर कोशी नाम प्रस्ताव गर्ने र समर्थन गर्ने गरेका थिए। उनीहरुका नाम यहाँ उल्लेख नगरौं । ठूला भनिएका राजनीतिक दलहरु नेपाली कांग्रेस एवं नेकपा एमालेको जबरजस्तीमा कोशी प्रदेश नाम राखियो, त्यो पनि अत्यधिक बहुमतले पारित गरिएको भन्दै । तथापि कोशी प्रदेश नाम प्रस्ताव कसरी र कति बेला ल्याइयो ? भन्नेतिर कुनै पनि ठूला भनिएका राजनीतिक दलका नेताहरुले थप प्रस्ट पारेनन्, प्रस्ट्याएनन् । जे होस्, अब हामी त्यातिर नजाऔं ।
यो पंक्तिकारको विचारमा ‘कोशी प्रदेश नाम खारेज गरौं’ भन्ने माग र आन्दोलन एकदमै सही छ । तर त्यसपछि अर्को नाम के राख्ने ? हामीले अहिलै प्रस्ट भएर जानुपर्ने देखिन्छ । किनभने, अर्को (सरकार र सरकार पक्षका अनुदारवादीहरु) ले यसै विषयमा खेल्न सक्छन्, खेल्न खोजेका छन् । हुन पनि अनुदारवादीहरुको तर्क के देखिन्छ, सुनिन्छ, पहिचान पक्षधर भनिनेहरुमा फेरि पनि अर्को नाम के राख्ने भन्ने सम्बन्धमा सहमति हुनेछैन, उनीहरुबीचमा नै के नाम राख्ने भन्ने सम्बन्धमा मारामार हुनेछ ।
यो पंक्तिकारको विचारमा ‘किरात–किराती’ सभ्यतालाई प्रायः सबैजसो इतिहासकार तथा लेखकहरुले विश्वकै सबैभन्दा पुरानो सभ्यता र व्यापकरुपमा पैmलिएको सभ्यतामध्ये एक भनी स्वीकार गरेका छन्, मानेका छन्। हुन पनि किरात/किरातीहरु हजारौं वर्षअघि ब्रह्मपुत्र तथा गंगा नदी र यसका शाखा नदीका आसपास विकास भएको मानिन्छ।
किरातीहरुले शुरुमा एसिया महादेशको दक्षिण एसिया, दक्षिण–पूर्वी एसिया, मध्यएसियामा आवाद गरेका थिए। त्यस्तै गरी कास्मिर–पूर्व, कामरुप, भुटान हुँदै मानसरोवरको दक्षिण–पश्चिम, ब्रह्मपुत्र नदीको किनारदेखि सरयू नदीको किनारसम्म, मानसरोवरदेखि चीनसम्म, नवदेशदेखि महाचीनसम्म किरातहरु विस्तारित थिए भन्ने इतिहासकारहरुको भनाइ छ। किरातीहरुको ऐतिहासिकता तथा चर्चा–परिचर्चा संस्कृत साहित्यहरु जस्तै– अथर्व वेद, वाल्मिकि रामायण र महाभारत (किराती राजा र जनताको) उल्लेख गरेको पाइन्छ। त्यसै गरी प्राचीन संस्कृत साहित्यहरु ऋग्वेद, पुराण, स्मृति, काव्य, विभिन्न खोज, अनुसन्धान र अभिलेखहरुमा पनि किरात सभ्यताको उल्लेख गरेको वा भनौं उल्लेख रहेको पाइन्छ।
बहस र छलफलले नै सकारात्मक निकास दिने आशा गर्न सकिन्छ । हाल भइरहेको बहस र छलफलको क्रममा एक पक्षले १ नम्बर प्रदेशको नाम नदी सभ्यताका आधारमा मात्रै राख्नुपर्ने जोड गरेको देखिन्छ भने अर्को पक्षले किरात–लिम्बुवान वा किरात–खम्बुवान अथवा किरात नाम राख्नुपर्ने भनी आवाज उठाइरहेका छन् ।
त्यस्तै बौद्ध साहित्य, जैन साहित्य, इसाई धर्म, इस्लाम धर्मलगायत विभिन्न धर्मग्रन्थहरु र प्राचीन वास्तुकला, शिल्पकला, लोक सहित्य, मिथक, लोककला, चित्रकलाहरुमा पनि किरात सभ्यताका बारेमा प्रशस्तै चर्चा–परिचर्चा गरिएको पाइन्छ। त्यसैले १ नम्बर प्रदेशका किराती मूलका माननीयहरु मात्रै नभएर आदिवासी जनजाति मूलका माननीयहरुका साथै आर्य–खस समूहका बाहुन, क्षत्री, संन्यासी, दलितका साथै मधेसी मूलका जातजातिका माननीयज्यूहरुले पनि किरातलाई केवल एक जाति नाम मात्रै नसम्झेर प्राचीन इतिहास, भूगोल, सभ्यता, धर्म, महाजाति आदि सम्झेर दुई तिहाइ मात्रै होइन प्रदेश नम्बर १ को सिंगो संसद्ले एक मतले पारित गर्नुहोस् । तपाईंहरुले यसो गर्नुभएमा प्राचीन इतिहास, भूगोल, सभ्यता, धर्म, महाजाति सबैले तपाईंहरुलाई हार्दिक नमन गर्नेछ, हार्दिक धन्यवाद भन्नेछ ।
फेरि पनि इतिहासकै कुरा गरौं । फेरि पनि किरात वा किरातीहरुको वंशावलीको सन्दर्भमा भन्नुपर्दा गोपालराज वंशावलीअनुसार ३२ पुस्ता, डेनियल राइटको वंशावलीअनुसार २९ पुस्ता, भारतका प्रसिद्ध अनुसन्धानकर्ता तथा लेखक जीपी सिंहका अनुसार २९ पुस्ता, कर्कपेट्रिकको वंशावलीअनुसार २७ पुस्ता, सिल्भ लेभीका अनुसार २८ पुस्ता, इतिहास प्रकाशनअनुसार २५ पुस्ता, डा. स्वामी प्रपन्नाचार्यका अनुसार २८ पुस्ता, सुब्बा प्रेमबहादुर माबोहाङका अनुसार २८ पुस्ता, धरणीधर दाहालका अनुसार ३५ पुस्ता, भूपेन्द्रनाथ शर्मा ढुंगेलका अनुसार ३३ पुस्ता किराती राजाहरुले काठमाडौं उपत्यकामा राज्य चलाएका थिए । भनिन्छ, यसबाहेक पनि एसियाका विभिन्न क्षेत्रहरुमा किरातीहरुले शासन चलाइआएका थिए । यसरी कुनै बेला एसियाको ठूलो भूभागमा फैलिएको किरातीहरु पछि गएर बाह्य क्षेत्रबाट आएका मानिसहरुको हस्तक्षेप एवं उपनिवेशीकरणका कारण विस्थापित हँुदै र आफ्नो जिमी–भूमिको साथै जातीय स्वपहिचानसमेत गुमाउँदै सीमित भूक्षेत्रमा मात्रै बाँकी रहेका छन् । निश्चय नै किरातभित्र ठूलो समूह रहँदै आएको भए तापनि अहिले आएर दक्षिण एसियाको पनि सगरमाथा (चोमोलुङमा) क्षेत्र (हालको नेपालको पूर्वी भाग १ नम्बर प्रदेशका केही जिल्लामा मात्रै आफूलाई किरात भन्नेहरुको बसोबास रहेको छ ।
यसरी सानो भूभागमा मात्रै आफूलाई प्रस्टरुपमा किराती भनी चिनाउने जातिहरु बाँकी रहेका छन् । तर उनीहरु पनि नेपालको भौगोलिक एकीकरण भएसँगै आफ्ना पुर्खाहरुले स्थानयीस्तरमा शासन गर्न नियुक्त हुँदा पाएको ‘राई’, ‘सुब्बा’, ‘मुखिया’ र ‘देवान’ पदवी वा पगरीलाई नै जाति मान्न थाले । सोही कारण आफू असलीयतमा १६ खम्बुका सन्तान भएको वास्तविकता बिर्सिंदै उनीहरुले जानाजानी वा अरुको दबाब अथवा प्रभावमा परेर आफ्नो नाम वा समुदायलाई चिनाउँदा ‘राई’, ‘सुब्बा’, ‘मुखिया’ र ‘देवान’ भनी लेखाउन/भनाउन वा लेख्न/भन्न थाले । त्यसो हुँदा ‘राई’, ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’ आदि विभिन्न ‘करण’सँगै उनीहरुको असली किराती पहिचान नै ओझेलमा पर्न लागेको अवस्था छ । यसरी ‘करण’मा परेर आप्mनो जातीय स्वपहिचान र अस्तित्व संंकटमा परेका वा पर्न आँटेका किरातीहरुमा सबैभन्दा बढी १६ खम्बुका सन्तानहरु देखिन्छन् । यसरी ‘करण’मा परेका कुलुङलगायत खम्बुका सन्तानहरुलाई उदाहरणको रुपमा लिन सकिन्छ । वास्तवमा १६ खम्बुका सन्तानहरु बढी नै ‘राईकरण’को मारमा परेको भेटिन्छ/देखिन्छ ।
अहिले फेरि १ नम्बर प्रदेशको नाम के राख्ने ? भन्ने सम्बन्धमा बहस र छलफल भइरहेको छ । निश्चय नै यो राम्रो पक्ष हो । किनभने बहस र छलफलले नै सकारात्मक निकास दिने आशा गर्न सकिन्छ । हाल भइरहेको बहस र छलफलको क्रममा एक पक्षले १ नम्बर प्रदेशको नाम नदी सभ्यताका आधारमा मात्रै राख्नुपर्ने जोड गरेको देखिन्छ भने अर्को पक्षले किरात–लिम्बुवान वा किरात–खम्बुवान अथवा किरात नाम राख्नुपर्ने भनी आवाज उठाइरहेका छन्।
जस्तो कि नदी सभ्यताका आधारमा अरुण, वरुण, कोशी, सुनकोशी, कमला, मेची, कन्काई आदि नाम राख्न सकिने कुरा उठेको छ भने कसैकसैले विराट, हनुमाननगर, पूर्वाञ्चल, सगरमाथा, पाथीभरा आदि नाम राख्नुपर्ने वकालत पनि गरेको देखिन्छ । यसमा बहस र छलफल चलाइरहेका छन् । तर किरात–लिम्बुवान वा किरात–खम्बुवान अथवा किरात हुनुपर्छ भनी आवाज उठाउने पक्षको स्वर साह्रै मसिनो सुनिने गरेको देखिन्छ । कताकति नेपालका मूलधारका मिडियाहरुले पनि १ नम्बर प्रदेशको नाम किरात–लिम्बुवान वा किरात–खम्बुवान अथवा किरात होस् भन्ने नचाहेको पो हो कि ? शंका गर्न सकिने केही आधारहरु छन् ।
हो, १ नम्बर प्रदेशको नाम किरात–लिम्बुवान वा किरात–खम्बुवान जाति नामजस्तो लागेर राख्न नसक्ने र सबैले स्वीकार गर्न पनि अलि गाह्रै पर्ने हुनाले कम्तीमा किरात नाम राख्न सकिन्छ, राख्नु पनि पर्छ । किनभने, किरात भनेको केवल एक जातीय नाम मात्रै नभएर इतिहास हो, सभ्यता हो, धर्म हो, भूगोल हो भने किरात शब्द प्राचीन धर्मग्रन्थहरुमै पनि उल्लेख गरिएको छ भन्ने त माथि नै एक प्रसंगमा उल्लेख गरिएको छ। अर्को भनेको हिजो–अस्तिसम्म ‘नेपालका हिन्दु, बौद्ध र किरात एकै हुन्, ॐ कार परिवारका हुन्, सनातन धर्मावलम्बी हुन्’ भन्नेहरुको ठूलै जमात थियो। उनीहरु अहिले कता हराए ? हुन पनि हो, यदि हिन्दु, बौद्ध र किरात एकै हुन्, ॐ कार परिवारका हुन्, सनातन धर्मावलम्बी हुन् भने आर्य–खस समूह (जो धार्मिकरुपमा हिन्दु धर्मावलम्बी हुन्) लाई किरात प्रदेश स्वीकार्न किन गाह्रो भएको हो ? त्यसैले १ नम्बर प्रदेशको नाम किरात राख्दा केवल एक जाति किरातलाई मात्रै स्वीकार गरेको नदेखिएर/नभएर इतिहास, सभ्यता, धर्म, भूगोल, प्राचीन धर्मग्रन्थ आदिलाई स्वीकारेको ठहर्छ। अझ किरातीहरु अहिले आएर एक जाति मात्रै नभएर महाजाति भइसकेका छन् । किनभने, किरात भनेर आपूmलाई दाबी गर्ने जातिहरु अहिले साढे दुई दर्जनभन्दा बढी छन् । जस्तै– आठपहरिया, कुलुङ, खालिङ, थामी, धिमाल, बान्तवा, बाहिङ, मेवाहाङ, याम्फु, जिरेल, हायु, लिम्बु, याक्खा, सुनुवार आदि । यी उल्लिखित जातिहरुले आफूलाई किरात/किराती भनी चिनाउँछन् ।
त्यसैले आशा गरौं, सन्निकट आउन लागेको १ नम्बर प्रदेशको अधिवेशनमा सबै राजनीतिक दलका माननीयहरुले किरात प्रदेश नामका लागि एक ढिक्का भएर लाग्नुहुनेछ, एकमतले पारित गर्नुहुनेछ । यसमा १ नम्बर प्रदेशका माननीयज्यूहरुले आफ्नो दलको स्वार्थभन्दा पनि प्राचीन इतिहास, भूगोल, सभ्यता, धर्म, महाजाति आदि सम्झेर दुई तिहाइ मात्रै होइन, १ नम्बर प्रदेशको सिंगो संसद्ले एक मतले पारित गर्नुहुनेछ भनेर आशा गर्न सकिन्छ। यसो गर्न सकेमा नै दीर्घकालीन समाधान र फाइदा हुनेछ। साथै इतिहासमा उहाँहरु अमर रहनुहुनेछ, सूपात्रका रुपमा चिनिनुहुनेछ।
प्रतिक्रिया