प्रमुख प्रहरी नायब निरीक्षक बुढाथोकीविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडौँ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय, रोल्पाका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक ललितकुमार बुढाथोकीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर भएको हो।

बुढाथोकीले सवारीसाधनलाई आवत–जावत गर्न सहजीकरण गरिदिए बापत २५ हजार रुपियाँ घुस लिएको अख्तियारको दाबी छ।

आयोगको कार्यालय, बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिई गएको टोलीले निज प्रहरी नायब निरीक्षक ललित कुमार बुढाथोकीलाई सेवाग्राहीबाट पच्चीस हजार रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो।