शेयर बजारमा दोहोरो अङ्कको उकालो, नवनियुक्त अध्यक्षलाई  हरियाली स्वागत


काठमाडौँ ।

 नेपाल धितोपत्र बोर्डमा नयाँ अध्यक्ष नियुक्त भएपछि सेयर बजार उकालो लागेको छ । हिजो मात्र बोर्डमा सरकारले अध्यक्ष सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गरेको थियो । उनको नियुक्ति लगत्तै सेयर बजार उकालो लागेको हो ।

नयाँ अध्यक्ष पाएको पहिलो  दिनमा नेप्से सूचक दोहोरो अंकले बढेको छ । मंगलबार नेप्से ३२.०३ अंकले बढे २७१५.२८ अंकमा बन्द भएको हो। यो दिन सबै समूहको उपसूचकहरू बढेर बजारमा हरियाली देखिएको छ ।

 कारोबारमा आएका ३१२ वटा धितोपत्रमध्ये २११ वटा धितोपत्रको मूल्य बढेको छ। बाँकी ३२ वटा धितोपत्रको भने आज मूल्य घट्न पुगे