नेप्सेमा करिब १४ अंकको वृद्धि, १० अर्बको कारोबार


काठमाडौँ ।

 विहिबार नेप्से परिसूचक करिब १४ अंकले बढेको छ । आज नेप्से १३.९५ अंकले बढेर २७४८.७८ विन्दुमा बन्द भएको छ ।

आज कुल ३२१ कम्पनीका २ करोड १६ लाख ६० हजार ६३९ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ३२ करोड ३ लाख बराबरको कारोबार भएको थियो ।

आज गुराँस लघुवित्त, स्वाभिमान लघुवित्त र अपर हेवा खोलाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यसैगरी आज रावा इनर्जीको शेयर मूल्यमा सबैभन्दा बढी ९.१२ प्रतिशतको गिरावट देखिएको छ ।

त्यस्तै आज सबैभन्दा बढी जानकी फाइनान्सको ३५ करोड २४ लाख ९९ हजार बराबरको कारोबार भएको छ भने ग्रीनलाइफ हाइड्रोको सबै भन्दा बढी ७ लाख ३४ हजार ६९३ कित्ता शेयर कारोबार भएको छ ।