सुख्खा पहिरोका कारण बीपी राजमार्ग अवरुद्ध


काठमाडौँ ।

बीपी राजमार्ग अन्तर्गत काभ्रे सडकखण्डमा झरेको सुख्खा पहिरोका कारण सवारीसाधन आवतजावत पूर्ण रुपमा अवरुद्ध भएको छ ।

खोटाङबाट काठमातर्फ आउँदै गरेको ना. १ ज.६८१७ नं. को सुमोलाई सोही स्थानमा माथिबाट आएको सुख्खा पहिरोले पुरेको सुमोको पछाडिको भाग मात्र देखिएको अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिइन् ।

सिन्धुलीबाट काठमाडौंतर्फ आउँदै गरेको बा. ४ ख. ४३५२ नं. को बसलाई रोशी खोलामा २० मिटर तल बगाएको छ । दुवै दुर्घटनामा कुनै पनि मानवीय क्षति नभएको उनले बताइन् ।

बीपी राजमार्ग अन्तर्गत नमोबुद्ध तेमाल हुँदै मंगलटार जाने कच्चीसडक खण्ड र रोशी गा.पा.–११ पिप्ले स्थित बीपी राजमार्गमा पुनः सुख्खा पहिरो झरिरहेकोले तत्काल दुईतर्फि सडक अवरोध भएकोले यात्रा नगर्नहुन प्रहरीले अनुरोध गरेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।