स्याङ्जामा फर्निचर उद्योगबाट सामान चोरी गर्ने पक्राउ

1.88k
Shares

स्याङ्जा। 

स्याङ्जाको हरिनास गाउँपालिकामा चोरी गरी फरार भएका व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको  बिहार राज्यको  जिल्ला बेतियाग्राम पंन्चायत ईनर्वा ५ बस्ने ३० वर्षीय मनोज कुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक ईन्द्र बहादुर रानाले जानकारी दिए । महतोलाई पर्साको विरगञ्ज महानगरपालिका १६ स्थित विरगञ्च बसपार्क हाताभित्रबाट समानहरुसहित पक्राउ गरिएको हो ।

उनको साथबाट प्रहरीले जेनरेटर, कम्प्रेसर मेसिन, खराद मेसिन, रन्दा कटर, साईजर मेसिन, डाईनामो, नट बोल्ट खोल्ने रिन्चिहरु बरामद गरेको बताएको छ। हरिनास गाउँपालिका २ पुछौदी बस्ने ५० वर्षीय बाकृष्ण सिग्देलले संचालन गरेको होमिक्स समिल फर्निचर उद्योगमा रहेको समानहरु चोरी गरी महतो फरार भएका थिए । 

महतोलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जिल्लामा ल्याई चोरी तथा डाँका सम्बन्धी कसूर मुद्दा गरी सोमबार जिल्ला अदालत स्याङ्जाबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य गरिरहेको छ ।