नेपाल पत्रकार महासंघको निर्वाचन असोज ५ गते हुने


काठमाडौँ।

नेपाल पत्रकार महासंघको निर्वाचन आगामी ५ असोजमा हुने भएको छ। अध्यक्ष विपुल पोखरेलले आइतबार विज्ञप्तिमा जारी गरेर निर्वाचन ५ असोजमा हुने जानकारी दिएका हुन् ।

असोज ५ गते महासंघको सबै तहको निर्वाचन एकैसाथ सम्पन्न गर्न निर्वाचन समितिलाई पत्राचार गरिएको जानकारी गराउँछु । साथै, यो निर्वाचनलाई सफल बनाउन सबैसँग हार्दिक आग्रह गर्छु’, अध्यक्ष पोखरेलले विज्ञप्तिमा भनेका छन् ।

सदस्यता वितरण, नवीकरण लगायत कारणले महासंघको चुनाव पटक-पटक सर्दै आएको छ ।