धनकुटामा बोलेरो भीरबाट खस्यो


काठमाडौँ।

धनकुटामा १० जना सवार बोलेरो गाडी भीरबाट करिब ९० मिटर तल खसेको छ।

संखुवासभाको उम्लिङबाट इटहरी जाँदै गरेको को १ ज २१३७ नम्बरको बोलेरो गाडी धनकुटा नगरपालिका वडा नम्‍बर ६ फोक्लेन टापुमा ब्रेक फेल भएर भीरबाट खसेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

प्रहरीका अनुसार उक्त गाडीमा चालकसहित १० जना सवार थिए। त्यसमध्ये दुई जना बालक सामान्य घाइते भएका र उनीहरू जिल्ला अस्पतालमा उपचारपछि घर फर्किसकेका छन्।

गाडीको ब्रेकमा समस्या भएपछि गाडीलाई मर्मत सेन्टरमा लगेर पार्किङ गर्नेक्रममा गाडी पल्टिएको थियो।