सुनकोसीमा खसेको गाडी निकालियो, बेपत्ता तीन जनाको खोजी जारी


काठमाडौँ ।

 सिन्धुलीमा भएको दुर्घटनामा सुनकोसी नदीमा खसेको गाडी निकालिएको छ ।सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस खुर्कोटको गोताखोर टोलीले गाडीलाई नदी किनारमा निकालेको छ ।

शनिबार साँझ करिब साढे ५: ३० बजे हाइलक्स गाडी सुनकोसीमा खस्दा ३ जना बेपत्ता भएका थिए । भक्तपुरको सूर्यविनायक नगरपालिका ४ बाट हलेसी तीर्थयात्रा गएर फर्किने क्रममा गाडी दुर्घटना भएको हो ।

 बेपत्ता हुनेमा गाडी चालक अविन बाके, गाडीमा सवार प्रणीत स्यागु  र बलाम घटुवा रहेका छन् । गाडी सुनकोसीमा खसेलगत्तै एक जना भने पौडेर बाहिर निस्किएका थिए । नदीबाट सुशान्त कक्षपति पौडिएर बाहिर निस्किएका हुन् । 

बेपत्ता तीन जनाको खोजी कार्य अहिले पनि जारी रहेको छ ।