साफ यू-२० च्याम्पियनसिप: पहिलो सेमिफाइनलमा आज नेपाल र भुटान भिड्दै


काठमाडौं ।

काठमाडौंमा जारी साफ यू-२० च्याम्पियनसिपको सेमिफाइनलका खेल आजदेखि सुरु हुँदै छन्। सेमिफाइनलको पहिलो खेलमा आज नेपालले भुटानको सामना गर्दै छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने यो खेल दिउँसो ३ बजेदेखि सुरु हुने छ।

यस प्रतियोगितामा नेपाल समूह ए का दुवै खेल जितेर समूह विजेता हुँदै सेमिफाइनल खेल्दै छ। नेपालले समूह चरणमा श्रीलङ्कालाई १-० ले बङ्गलादेशलाई २-१ गोल अन्तरले पराजित गरेको थियो। त्यस्तै भुटान भने समूह बी मा उपविजेता भन्दै सेमिफाइनलमा खेल्दै छ।

भुटानले माल्दिभ्सलाई २-१ ले पराजित गरेको थियो भने भारतसँग १-० ले पराजित भएको थियो।  त्यस्तै दोस्रो सेमिफाइनल खेल भारत र बंगलादेशबीच सोमबार हुने छ । प्रतियोगिताको फाइनल खेल बुधबार हुने तालिका रहेको छ।