नारायणगढ-मुग्लिन सडकको घुमाउनेमा बस दुर्घटना


चितवन ।

नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका-२९ स्थित घुमाउनेमा यात्रुवाहक बस दुर्घटनामा परेको छ। महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेकाे सु प्र प्र ०२ ००१ ख १३३२ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ।

बस अनियन्त्रित भएर दुर्घटनामा परेको र सडक किनारमा कोल्टे परेकाले ठुलो क्षति हुन बाट बचेको प्रहरीले जनाएको छ।दुर्घटनामा १० जना घाइते भएको र उद्धार जारी रहेको छ। घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।