६ घण्टापछि राजमार्ग खुल्यो

12.69k
Shares

 धादिङ ।

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाँक्रे गाउँपालिका-२, कोइरालेमा सुक्खा पहिरो जाँदा अवरुद्ध भएको राजमार्ग छ घण्टापछि खुलेको छ ।
सडक माथिबाट सुक्खा पहिरो झर्दा राजमार्गमा दुईतर्फी नै सवारी आउजाउ बन्द भएको थियाे । दिउँसो १ बजेबाट बन्द भएको राजमार्ग बेलुका ७ बजेमात्र खुलेको स्थानीय नानु कार्कीले जानकारी दिइन्। 

रातिपनि पहिराे लडेको र दिउँसाे पहिराे लडेपछि दुबैतर्फ बन्द भएको यातायात सेवा सडक निर्माण कम्पनीकाे डाेजरले पहिराे पन्छाएकाे जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रवक्ता मकेन्द्र कुमार मिश्रले बताए । 

निर्माणाधीन सडक आयोजनाको मेसिन प्रयोग गरी पहिरो पन्छाएपनि ठूलो पहिराे हटाउन एउटामात्र डाेजर लगाईएकाे ले ढिला भएको थियाे । 
सडक खन्दा सडकमाथी धाँजा फाटेकाे र पहिराे लडेको हो

पहिरोको कारण काठमाडौँ प्रवेश गर्ने र बाहिरिने सयौं सवारी रोकिएका छन्। निर्माणाधीन सडकमा बेलाबेला पहिरो झरेर बाटो अवरुद्ध हुने गरेको छ। साना सवारी साधनहरूलाई भने गल्छी-नुवाकोट सडकखण्ड प्रयोग गरेर आउजाउ गर्न भनिएको छ।

सडक आयाेजनाले निर्माणमा ढिलाई गरेकाे र पटक पटक पहिराे लडिरहेको छ । 

धादिङकाे गल्छी, सिस्नेखाेला, जाेगिमारा, माैवाखाेला क्षेत्रमा पटक पटक सडक अवरुद्ध हुँदै आएको छ ।