स्थानीय सरकार संस्थागत स्वःमूल्याङ्कनमा धादिङको नीलकण्ठ प्रथम

रुपन्देहीको तिलोत्तमा दोस्रो बन्दै पुरस्कृत

1.22k
Shares

बुटवल। 

पटक पटक हरेक कुरामा उत्कृष्ट बनेको रुपन्देहीको तिलोत्तमा नगरपालिका पुन पुरस्कृत भएको छ । दुई–दुई पटकसम्म सेवा प्रवाह र सामाजिक विकास विधा अन्तर्गत समावेशिता र सामाजिक क्रियाकलापमा उत्कृष्ट बनेको रुपन्देहीको तिलोत्तमा नगरपालिका फेरी उत्कृष्ट बनेको छ । बिहीबार संघीय मामिला तथा प्रशासन मन्त्रालयको स्थानीय सरकार संस्थागत स्वमुल्याकन लिजा द्वारा गरिएको मूल्यांकनमा तिलोत्तमा नगरपालिका लुम्बिनी प्रदेशमा प्रथम र देशभरिबाट द्वितीय भएको छ । नगरपालिकाले नगरप्रमुख रामकृष्ण खाणलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र सचिव भरतमणि सुवेदीले सो उत्कृष्टताको प्रमाणपत्र हस्तान्तरण गरेका हुन्।  

संघीय मामिला तथा प्रशासन मन्त्रालयद्वारा सम्मानित हुँदै तिलोत्तमा नगरपालिकाका नगर प्रमुख खाणले नगरबासी,जनप्रतिनिधी, कर्मचारी, र सबै सहयोगीको योगदानले फेरी उत्कृस्टको उपाधि पाएकोमा खुसी व्यक्त गर्दै सबैलाई धन्यवाद समेत दिए। तिलोत्तमा नगरपालिकाका मेयर खांणले नगरपालिकालाई उत्कृष्ट बनाउन सहयोग गर्ने सबै जनप्रतिनिधि, कर्मचारी, सेवाग्राही नगरवासीहरूमा धन्यवाद ज्ञापन गर्दै यो सम्मानले समग्र नगरपालिका र नगरबासीहरुलाई थप प्रेरणा मिलेको बताए। 

उनले आफूहरू जननिर्वाचित भएर आइसकेपछि सामाजिक सेवामा अग्रसर भएर लागेको र समाजमा भएका बिकाश निर्माण नीति निर्माण र सामजिक दायित्वका सेवा हरु शिक्षा,स्वास्थ्य,रोजगारी तथा विपद् व्यवस्थापनमा नगरपालिकाले गरेको काम उल्लेखनीय रहेको बताएका छन् । देशमै प्रथम भने मात्रै दशमलव ५० अंकले धादिङको नीलकण्ठ नगरपालिका भएको छ भने तेस्रो चितवनको रत्ननगर नगरपालिका भएको छ । त्यस्तै गाउँपालिका तर्फबाट धादिङको बेनीगो  वोहोरा गाउँपालिका प्रथम  गुल्मीको रुरु क्षेत्र गाउँपालिका दोस्रो र सिन्धुपाल्चोक लीला बत्ती गाउँपालिका तेस्रो स्थान हुन सफल भएका छन्।