घाँसीकुवाको पहिरो पन्छाउन सुरु


काठमाडौं ।

मुग्लिन-पोखरा सडकखण्ड अन्तरगत तनहुँ घाँसीकुवाको पहिरो हटाउन आज बिहानबाट शुरु भएको छ।

बुधबार साँझ तनहुँको ब्यास नगरपालिका १२ घाँसीकुवामा पहिरो गएर सडक अवरुद्ध भएको खबर प्राप्त हुनासाथ परिचालित नेपाली सेनाको टोली, सुरक्षा निकाय तथा स्थानीय निकायको सहयोगमा पहिरो हटाउने कार्य जारी रहेको बताइएको छ ।

राजमार्गको करिब १३० मिटर क्षेत्रफलमा फैलिएको उक्त पहिरोमा रहेका रुखहरू नेपाली सेना लगायत अन्य सुरक्षा निकायले हटाएको र एक्स्काभेटर समेतको प्रयोग गरी अवरुद्ध राजमार्ग खुलाउने तयारी भइरहेको नेपाली सेनाले जनाएको छ।

बुधबार तनहुँको ब्यास नगरपालिका १२ घाँसीकुवामा पहिरो झरेको थियो ।