घोराहीमा सुतली बम विस्फोट, दुईजना पक्राउ


दाङ।

दाङको घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसमा सुतली बम विस्फोट भएको छ। आज बिहान ९ बजेतिर सुतली बम विस्फोट भएको प्रहरीले जनाएको छ।

बम विस्फोट गराएको आरोपमा प्रहरीले सोही क्याम्पसमा पढ्ने दुई जना विद्यार्थी घोराही उपमहानगरपालिका वडा नम्‍बर १५ का अभियान थापा र सुभम कार्कीलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालयकाअनुसार पक्राउ परेका दुईजना सोही क्याम्पसमा पढ्ने प्लस टुका विद्यार्थी हुन्। पक्राउ परेका उनीहरुले रमाइलोका लागि सुतली बम विस्फोट गराएको प्रहरीसंगको बयानमा भनेका छन्।

मोटरसाइकलमा आएका दुई जनाले सुतली बम विस्फोट गराएर भाग्दै गर्दा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ।

विस्फोटबाट कुनै क्षति भने नभएको प्रहरीको जनाएको छ।