पाल्पामा परम्परागत गाईजात्रा पर्व  मनाइँदै, नगरपालिकाद्वारा स्थानीय बिदा 

658
Shares

पाल्पा ।

वर्षाे पहिलेदेखि जात्राको विशिष्ट परम्परा बोकेको पाल्पा जिल्ला सदरमुकाम तानसेन र पाल्पामा  मंगलवार  गाईजात्रा पर्व धार्मिक एवं सांस्कृतिक पर्वको रुपमा मनाईदैछ । 

  जात्राको पहिलो दिन भाद्र कृष्ण प्रतिपदाका दिनको गाइजात्राको  यस पर्वमा दिवंगत भएका घरको आफ्न्ताले मानिसलाई गाई को रुपमा सिगारेर परिक्रमा गराईने प्रचलन रहेको छ । यसरी परिक्रममा गर्नले मृतकले गाईको पुच्छर समाती वैतरणी पार हुन्छन् भन्ने धार्मिक जन विश्वास रहेको छ । यही  परम्परा अनुसार  बिहानैदेखि  सदरमुकाम तानसेन लगायत आसपासका नेवारी बस्तीमा गाईजात्रा निकालिएको थियो  । 

   दिवंगत भएका परिवारका सदस्यको सम्झनामा गाईजात्रा निकाल्ने घरबाट भगवान राम, सीता, लक्ष्मण, कृष्ण, राधाको रुपमा वालवालीकालाई सिगारेर निगुणर््ा भजन, रामायण गाउँदै दिवंगत आत्माको शान्तीको कामना गर्दै, बजार घुमाएका थिए   । यस क्रममा काम्लाको गाइ जस्तेै आकृति(काम्ले गाइ)वनाइ वजार घुमाउने र विभिन्न व्यङ्यात्मक प्रदर्शनी समेत भएका छन् । यसैगरि मृतकका परिवारहरुले भजन गाउँदै निगुर्ण पनि निकालेका छन् ।


 
    त्यसो त तानसेनमा निकालिने हरेक गाईजात्राहरुले अनिवार्य रुपमा पाल्पा दरबारमा लैजाने परम्परा आजसम्म पनि कायम रहेको छ । सरकारी निकायको प्रमुख थलो मानिएको दरबारमा गाईजात्रा नदेखाएमा सरकारले मृतकहरुको रेकर्ड राख्न सक्दैन भन्ने परम्परागत मुल्य मान्यताका साथ दरबारमा गाईजात्रा लगिने गरिएको हो ।

राजा प्रताप मल्लले शोकमा परेकी रानी लाई अनेक कोशिस गर्दा समेत सम्झाउन नसकेपछि तिमीलाई जस्तो पीडा जनताहरुलाई पनि परेको छ भनी बुझाउन र बर्षभरीमा आफ्नो राज्यमा कति जनताहरुको मृत्यु भएको रहेछ भने सूचना प्राप्त गर्नको लागी मृतकको घरबाट गाईजात्रा निकाल्ने परम्पराको शुरुवात भएको मानिन्छ । आर्थिक अभाव कम भएका घरपरिवारले भने गाई लाई डो¥याएर बजार परिक्रमा गरी गाईजात्रा मनाउँदै आएका छन् । 

 

पाल्पाको सदरमुकाम तानसेन, बाहेक वर्तुङ्ग हार्थोक, रिडी, ताहु, , सिलुवा, वीरकोट लगायतका ठाउमा पनि  गाईजात्रा निकालिएको थियो । पाल्पा, प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी पाल्पासहित देशभर मनाइँदै छ । नेवारी परम्परा अनुसार जनैपुणिर्माको भोलिपल्ट गाईजात्रा पर्व मनाउने गरिन्छ ।

गाइजात्राको सुरुवातसँगै पाल्पा जिल्ला सदरमुकाम तानसेन अवका केहीदिन जात्रामय हुने भएको छ । रोपाइजात्रा, विभिन्न देवी देवताका नाममा निकालिने रथयात्रा र यहाको प्रसिद्ध श्री ७ रणउजेश्वरी भगवति जात्राहरु प्रायः दिनदिनै जसो यहाँ मनाइन्छ ।

गाई जात्राको दिन आज मंगलवार तानसेन नगर पालिकाले स्थानीय बिदा दिएको छ । आइतबार बसेको नगर प्रमुखस्तरीय बैठकबाट आईजात्राको दिन अर्थात् भदौं ४ गते एक दिनका लागि स्थानीय बिदा दिने निर्णय गरेको थियो । बिदाको दिन नगर कार्यपालिकाको कार्यालयसहित मातहतको सबै वडा कार्यालय, स्वास्थ्य संस्था, विद्यालयसहित अत्यावश्यक बाहेकका सबै कार्यालय बन्द रहेका छन् ।