थामेमा कोशी प्रदेश सरकारको राहत सामाग्री 

376
Shares

ओखलढुंगा ।

खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ५ थामेका बाढी पीडितहरूका लागी कोशी प्रदेश सरकारले बिभिन्न राहत सामाग्री हस्तान्तरण गरेको छ । कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री लीला बल्लभ अधिकारी र खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री एकराज कार्कीले आज प्रमुख जिल्ला अधिकारी देवी पाण्डे ( खत्री ) मार्फत राहत सामाग्री हस्तान्तरण गरेका हुन्।

थामेका बाढी पीडितहरूका लागी कोशी प्रदेश सरकारको तर्फबाट फाइबर सिरक ५० थान, म्याट्रेस ५० थान, तन्ना ५० थान र सिरानी ५० थान आन्तरिक मामिला तथा कानुन मन्त्री लीला बल्लभ अधिकारी र खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्री एकराज कार्कीले प्रमुख जिल्ला अधिकारी देवी पाण्डे ( खत्री ) लाई हस्तान्तरण गरेका हुन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्री लीला बल्लभ अधिकारीले स्थानीय तह र सङ्घीय सरकारसँगको सहकार्यमा थामेका बाढी प्रभावितहरूलाई पुनः स्थापनाका लागि प्रदेश सरकारले पहल गर्ने बताएका छन् ।

बाढी प्रभावित थामे बासिन्दालाई खाने पानी आपूर्तिका लागी सर्वे गर्न प्राविधिक पठाइने र पुनः स्थापना भएको ठाउँमा खानेपानी आपूर्ति गर्ने योजना रहेको खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री एकराज कार्कीले बताएका छन् ।  

यही भदौ २ गते बसेको कोशी प्रदेश सरकारको मन्त्रिस्तरीय बैठकले खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ५ थामेका बाढी पीडितहरूका लागी राहत सामाग्री वितरण गर्ने निर्णय गरेको थियो ।