गुडिरहेको कारमाथि ढुंगा खसेपछि…


चितवन।

चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा गुडिरहेको कारमाथि ढुंगा खस्दा कर्मा सामान्य क्षति भएको छ ।

इच्छाकामना गाउँपालिका–५ पर्ने सो सडकखण्डको तीन नम्बर पुल नजिकै मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको बीएडी ८३२२ नं. को कारमा आज बिहान ८ बजेको समयमा माथिबाट ढुंगा खसेको हो । प्रहरीका अनुसार कारमा सामान्य क्षति भएको छ भने अन्य केही भएको छैन ।

कार भरतपुर महानगरपालिका –२ निवासी सन्तोष कचिलाले चलाइरहेका थिए । कारमा ढुंगाले लागे पनि सम्हालिएर दुर्घटनाबाट जोगिएको र कार आफ्नो गन्तव्यतर्फ गइसकेको प्रहरीले जनाएको छ ।

प्रहरीले सो सडक खण्डमा सावधानी अपनाएर मात्रै यात्रा गर्न आग्रह गरेको छ ।