मोदीलाई भेटेपछि आरजुले भनिन् : नेपाल–भारत सम्बन्ध थप उचाइमा पुग्ने अपेक्षा छ


काठमाडौँ।

भारतको औपचारिक भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेकी छन् । उनीहरुबीच सोमबार साँझ भेटवार्ता भएको हो ।

मोदीसँगको भेटवार्तापछि परराष्ट्रमन्त्री राणाले नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्ध थप उचाइमा पुग्ने अपेक्षा रहेको बताएकी छन् ।

प्रधानमन्त्री मोदिसंगको भेटवार्ताका सम्बन्धमा सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले भनेकी छ , ‘भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीज्यूसँग आज साँझ नयाँ दिल्लीमा शिष्टाचार भेट गरेको छु । यस भेटवार्ताका क्रममा नेपाल भारत सम्बन्ध र यसको बहुआयामिक विविधताका विषयमा कुराकानी भयो । नेपालको परराष्ट्रमन्त्रीका रुपमा मेरो यो भ्रमण र उच्चस्तरीय भेटवार्ताबाट नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्ध थप उचाइमा पुग्ने अपेक्षा मैले गरेको छु ।’

यस अघि राणाले आजै आफ्ना समकक्षी एस जयशंकरसँग भेटवार्ता गरेकी थिइन् । आइतबार नयाँ दिल्ली पुगेकी राणा आफ्नो पाँच दिने भारत भ्रमण सकेर बिहीबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।