लागू औषधसहित सिन्धुलीका दुईजना पक्राउ 

1.03k
Shares

 सिन्धुली ।

 प्रहरीले लागु औषध सहित सिन्धुलीका दुई जनालाई पक्राउ गरेको छ । कमलामाई नगरपालिका –७ का ३३ बर्षका अम्मर बहादुर सिजाली मगर र तीनपाटन गाउँपालिका –२ का ३२ बर्षका सुदिप घिमिरेलाई प्रहरीले पक्राउ गरेको हो ।

 कमलामाई नगरपालिका.–९ स्थित भिमान प्रहरी चेकपोष्टमा बर्दिबासबाट सिन्धुली तर्फ आउँदै गरेको बा ११ च ७१५७ नम्बरको कारलाई चेक जाँच गर्दा कारमा लुकाई ल्याएको ४९ बोतल भ्हष्उयिल ल्भध नामक लागु औषध सहित उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । कार मगरले चलाएर ल्याएका थिए भने घिमिरे सवार थिए । उनीहरुको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।