गाउँ पसेर आतङ्क मच्चाउने बाघ समातियो

4.51k
Shares

नवलपरासी। 

जिल्लाको दक्षिण पश्चिम बघुवनमा गाउँ पसेर भैंसी बाख्रा मार्दै आतङ्क मच्चाउने बाघ समातिएकाे छ ।
गत साउन ३२ गते दिन दहाडै बघुवन गाउँ आतङ्कित पार्ने भाले पाटे बाघलाई लगातारको प्रयासपछि चितवन राष्ट्रिय निकुञ्जकाे टाेलीले  साेमबार नियन्त्रणमा लिएको हाे ।

डाट गरी नियन्त्रणमा लिईएकाे अन्दाजी ६ / ७ वर्षकाे सो  बाघ अर्को बाघसंग जुधेर घाइते रहेको अवस्थामा फेला परेको उक्त बाघलाई उपचार पछि संरक्षित क्षेत्रमा छाडिने निकुञ्ज प्रशासनले जनाएको छ ।

बाघले शुक्रबार नवलपरासी पूर्वकाे विनयी त्रिवेणी गाउँ पालिका १ बघुवन गाउँमा पसेर स्थानीय लालमती खंगा मगरकाे २ बाख्रा र खेमबहादुर खंगा मगरकाे १ भैँसीलाई गाेठ भित्रै मारेकाे थियाे ।

बाघ गाउँ पसेर घरपालुवा जन्तु मारे पछि यसलाई नियन्त्रणमा लिन गाउँबासीले वन प्रसासन र निकुञ्जकाे ध्यानाकर्षण गरेका थिए ।

स्थानीय सांसद,जनप्रतिनिधि र गाउँबासीकाे मागसंगै राष्ट्रिय प्रकृति संरक्षण काेष,नेपाली सेना र चितवन राष्ट्रिय  निकुञ्जकाे टाेलीले बाघलाई नजिककै मदारबाबा सामुदायिक वनबाट नियन्त्रणमा लिएको हाे ।