ललितपुरको बङ्गलामुखी मन्दिर नजिकैको घरमा आगलागी


काठमाडौं ।

ललितपुरको बङ्गलामुखी मन्दिर नजिक एक घरमा आगलागी भएको छ। मन्दिरको पछाडिको घरमा लागेको आगो निभाउने प्रयास जारी रहेको छ। बिजुली सट भइ आगलागी भएको प्रहरीले जनाएको छ ।

ललितपुर महानगरको नगर प्रहरी , नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले आगो नियन्त्रणको प्रयास गरिरहेका छन्।