दक्षिण एसियाकी सफल खेलाडी सानिया

0
Shares

डब्ल्यूटीए (वुमेन्स टेनिस एसोसिएसन) मा उपाधि जित्ने पहिलो भारतीय खेलाडी सानिया मिर्जा भारतीय खेलकुदमा सर्वाधिक लोकप्रिय खेलाडीमध्येकी एक हुन् । उनी भारतीय टेनिसमा सर्वाधिक सफल महिला खेलाडी पनि हुन् । डबल्स इभेन्टतर्फ पहिलो नम्बरकी खेलाडीसमेत बनेकी उनले आफ्नो करिअरमा महिला डबल्स र मिक्स डबल्सतर्फ तीन–तीन गरी ६ प्रमुख उपाधि जितेकी छिन् ।

महिला डबल्सतर्फ तीन ग्रान्डस्लाम उपाधिमा विम्बल्डन (२०१५), यूएस ओपन (२०१५) र अस्टे«लियन ओपन (२०१६) र मिक्स डबल्सतर्फ तीन ग्रान्डस्लाम उपाधिमा अस्टे«लियन ओपन (२००९), फ्रेन्च ओपन (२०१२) र यूएस ओपन (२०१४) रहेका छन् ।

-६ वर्षमा र्‍याकेट समातेकी सानियाले १७ वर्षको उमेरमा सन् २००३ को विम्बल्डनमा जुनियर उपाधि जित्न सफल भइन् । तर, उनले सिनियरतर्फ ग्रान्डस्ला सिंगल्स उपाधि जित्न भने सकिनन् ।
-डब्ल्यूटीए टुर जित्ने पहिलो भारतीय टेनिस खेलाडी सानियाले स्विट्जरल्यान्डकी लिजेन्ड मार्तिना हिंगिजसँग पार्टनर बनेर खेलेकी हुन् । निकै सशक्त बनेको यो जोडीले लगातार ४४ म्याच जितेर नयाँ रेकर्ड राखेको थियो ।
-सन् २००६ (दोहा) र सन् २०१४ (इन्चोन) को एसियन गेम्समा मिक्स डबल्सतर्फ गोल्ड जितेकी थिइन् भने सन् २००६ (दोहा) मा एसियन गेम्सको वुमेन्स टिममा उनले सिंगल्सतर्फ सिल्भर मेडल जितेकी थिइन् ।
ग्वान्जाउ (२०१०) एसियन गेम्समा मिक्सतर्फ सिल्भर मेडल जितेकी उनले एसियन गेम्समा २ गोल्ड, ३ सिल्भर र ३ ब्रोन्ज मेडल जितेकी छिन् ।
-उनले अर्जुन अवार्ड, पदमश्री र पदमभूषण पदक प्राप्त गरेकी छिन् ।
-सानिया १ मिलियन डलरभन्दा बढी कमाउने भारतकी पहिलो महिला खेलाडी हुन् । एक प्रतिवेदनअनुसार उनको कुल सम्पत्ति करिब २१६ करोड भारतीय रुपियाँ रहेको छ ।
-हर्सिज, एसियन पेन्ट्स र डानुबे मुख्य विज्ञापन गरेकी उनले हरेक ब्रान्डेड विज्ञापनका लागि ६० देखि ७० लाख भारतीय रकम लिने गरेकी छन् । उनले यसबाट २५ करोड भारु प्रतिवर्ष कमाउँछिन् ।
-सानियाका हैदराबाद र दुबईमा आफ्नै लक्जरी घर रहेका छन् ।
-सानियाले आफ्नै नामबाट सानिया मिर्जा टेनिस एकेडेमी भारत र दुबई दुवै ठाउँमा खोलकी छन् । उनले दक्ष र अनुभवी व्यावसायिक टेनिस प्रशिक्षक राखेकी छन् । उनीहरूले २० हजारदेखि ७५ हजार प्रतिमहिना प्राप्त गर्छन् ।
-सानिया लक्जरी कारको सौखिन रहेकी छन् । उनको कार कलेक्सन विभिन्न ब्रान्डका रहेका छन् । जसमा बीएमडब्ल्यू ७ सिरिज, रेन्ज रोभर इभोक, जेगाएर एक्सई, मर्सिडिज बेन्ज, पोर्च र अदि हुन् । यी अटोमोबाइल्सको मूल्य करोडौं पर्छ ।