भ्रष्ट व्यवस्था र भ्रष्ट शासकको अन्त्यको लागि आन्दोलन आवश्यक- कमल थापा


काठमाडौँ ।

  राप्रपा नेपालका अध्यक्ष कमल थापाले भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्तिको लागि आन्दोलन आवश्यक भएको भन्दै राप्रपा नेपाललाई बलियो बनाउन जरुरी भएको बताएका छन् । 

काठमाडौँ -७ द्वारा आयोजित क्षेत्रीय प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले असफल साम्यवाद र पुँजीवादको विकल्पमा सम्बर्द्धनवाद(Liberal conservatism)को बैचारिक धरातलमा सबल र समृद्ध नेपाल निर्माण गर्नु आवश्यक भएको जिकिर गरे।

 
थापाले भ्रष्टाचार, धर्म परिबर्तन, बेरोजगारी अन्त्य र सुशासनको लागि जनता जाग्नुपर्ने भन्दै विदेशी प्रभाव र दबाबबाट मुक्त गर्न स्वाधिनताको रक्षाको लागि आन्दोलन आवश्यक भएको थापाको भनाई छ । कार्यक्रममा डाक्टर विष्णु भण्डारी ,राजाराम बर्तौला, अम्मर केसी ,उज्ज्वल पोखरेल लगायतले बोलेका थिए ।