मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु


मकवानपुर।

हेटौंडा उपमहानगरपालिका-९ धापस्थित सडकमा मयुरधापबाट हेटौंडा बजारतर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००५ प २४३ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने रामचन्द्र अर्यालको छोरा ५ वर्षीय सिभांस अर्यालको शनिबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।