प्रहरीद्वारा १५ लाख बढीको अवैध सामान बरामद


रौतहट । 

रौतहटस्थित प्रहरीको गस्ती टोलीले १५ लाख रुपैयाँ भन्दा बढीको अवैध भारतीय सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय र मातहतका ईकाईहरुले जिल्लाको विभिन्न नाका हुँदै तस्करले भित्र्याएको सामानहरू बरामद गरेको हो ।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीका अनुसार प्रहरी टोलीले १ लाख ७४ हजार ९९६ रुपैया बराबरको लत्ताकपडा, ३ लाख ७४ हजार २७३ बराबरको किराना सामान, ४ लाख ४० हजार हुन्डीको रकम ४ लाख ७४ हजार २२० बराबरको दुई मोटसाइकल सहित सौंफि रक्सी ५५ हजार ९८० बराबरको हार्डवेयर बरामद भएको हो।

बरामद सामानहरू आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको प्रहरीले जानकारी दिएको छ ।