भदौ २ गते आइतबार, यस्तो छ तपाईंको राशिफल


मेष : दिन शुभ फलदायक छ । सुख–सन्तोष, कार्यसिद्धि, शारीरिक स्वस्थता, मन प्रफुल्लित होला ।

वृष : सानै प्रयासले राज्यबाट लाभ, प्रतिष्ठामा वृद्धि, सरकारी कार्यमा सफलता हुने देखिन्छ ।

मिथुन : दिन अनुकूल देखिँदैन । रोगव्याधिको भय, आर्थिक नोक्सानी, काममा बाधा हुन सक्छ ।

कर्कट : दिन बलवान् छ । धनलाभ, मान–सम्मान, इज्जत–प्रतिष्ठा वृद्धि, समस्या समाधान होला ।

सिंह : समय उत्तम छ । आर्थिक लाभ, प्रतिस्पर्धीमाथि विजय, परीक्षा–खेलकुदमा विजय हुने देखिन्छ ।

कन्या : शुभ समय भएकाले कार्य सफल, सन्तान–सुख, धन प्राप्ति, कार्यदक्षताबाट लाभ मिल्नेछ ।

तुला : सजगता अपनाउनुपर्ला । पेट गडबड, विवाद, दिनचर्या अस्तव्यस्त हुने सम्भावना छ ।

वृश्चिक : दिन उत्तम फलदायक छ । आर्थिक लाभ, सम्मान, पढाइ, व्यापार आदिमा सफलता होला ।

धनु : शुभ समयको आगमनले धनलाभ, सन्तुष्टि, सुख–सन्तोष, उपलब्धिमूलक लगानी हुने देखिन्छ ।

मकर : दिन उत्तम छ । उपहार, पुरस्कार प्राप्ति, भाग्योदय, कार्यसफल, धनलाभ हुन सक्ने देखिन्छ ।

कुम्भ : दिन अनुकूल नभएकाले नोक्सानी, दुर्घटनाको भय, विवाद, निरर्थक दौडधुपको सम्भावना छ ।

मीन : समय उत्तम छ । पैसा लाभ, विविध वस्तु प्राप्ति, उत्तम भोजन, पारिवारिक सुख हुने देखिन्छ ।