भदौ १ गते शनिबार, यस्ताे छ तपाईँको राशिफल


मेष: दिन शुभ छ । राज्यबाट लाभ, यश–कृति, कार्यसिद्धि, मन प्रफुल्लित होला ।

वृष: स्वास्थ्य समस्या हुन सक्छ तर बेलुका मान–प्रतिष्ठा, कार्य सफल हुन सक्छ ।

मिथुन: समय शुभ छ । धनलाभ होला तर बेलुका भने स्वास्थ्यमा गडबड आउन सक्छ ।

कर्कट: समय बलवान् छ । आर्थिक लाभ, विजय, पारिवारिक सुख, समस्या समाधान होला ।

सिंह: दिन शुभ भएकाले कार्य सफल, धनलाभ, परीक्षा, खेलकुद आदिमा विजय हुने देखिन्छ ।

कन्या:दिनभरि स्वास्थ्य समस्या आउन सक्छ तर बेलुका स्वस्थता, कार्य सफल हुन सक्छ ।

तुला: दिन शुभ हुँदा लाभ–पराक्रम होला तर बेलुका विवाद, दिनचर्या अस्तव्यस्त हुन सक्छ ।

वृश्चिक:दिन उत्तम फलदायक छ । धनलाभ, मान–सम्मान, पढाइ, व्यापार आदिमा सफलता होला ।

धनु: समय शुभ छ । खाद्यान्न प्राप्ति, भाग्योदय, कार्य सफल, सुख–सन्तोष हुने देखिन्छ ।

मकर: सजग रहनुस्, तनाव निम्तिन सक्छ । तर बेलुका उपहारादि वस्तु प्राप्तिको सम्भावना छ ।

कुम्भ: उत्तम भोजन, आर्थिक लाभ भए पनि बेलुकाको समयमा विवाद एवं दुःख झेल्नुपर्ला ।

मीन: दिन शुभ फलदायक छ । सुख–सन्तोष, पैसा प्राप्ति, मिष्ठान्न भोजन, पारिवारिक सुख होला ।