साउन ३२ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल


मेष : समय शुभ फलदायक छ । राज्यपक्षबाट लाभ, यश–कृति बढ्ने, व्यापारबाट फाइदा होला ।

वृष : समय अनुकूल देखिँदैन । रोगको भय, कार्यमा बाधा, व्यर्थको खर्च, धन हानि हुन सक्छ ।

मिथुन : दिन उत्तम फलदायक छ । धनलाभ, प्रेममा सफलता, बाहन प्राप्तिको सम्भावना देखिन्छ ।

कर्कट : शुभ समय आएकाले आर्थिक लाभ, प्रतिस्पर्धात्मक क्षेत्रमा विजय, पारिवारिक सुख होला ।

सिंह : दिन उत्तम छ । कार्य सफल, धनलाभ, सुख–सन्तोष, राम्रै कामको शुरुवात हुने देखिन्छ ।

कन्या : दिन अनुकूल देखिँदैन । पेटमा समस्या, दिनचर्या अस्तव्यस्त हुन सक्छ, सजग रहनुस् ।

तुला : समय शुभ फलदायक छ । आर्थिक लाभ, पराक्रम, पुरस्कार प्राप्तिको सम्भावना देखिन्छ ।

वृश्चिक : शुभ समयले गर्दा धनलाभ, बौद्धिक क्षमता, कूटनीतिक सफलता हुने सम्भावना छ ।

धनु : दिन शुभ भएकाले उत्तम भोजन, भाग्योदय, उपहारादि वस्तु प्राप्ति, कार्य सफल हुने देखिन्छ ।

मकर : समय अनुकूल नभएकाले धननाश, दुर्घटना–रोगको भय, विवादमा पर्न सकिन्छ, सजग हुनुस् ।

कुम्भ : शुभ समयले विविध सेवा वा वस्तुको प्राप्ति, उत्तम भोजन, आर्थिक लाभ हुने देखिन्छ ।

मीन : समय बलवान् छ । सुख–सन्तोष, काममा सफलता, मन प्रफुल्लित, स्वस्थता होला ।