जबरजस्ती करणी तथा मानव बेचबिखन मुद्दाका फरार प्रतिवादी पक्राउ


काठमाडौँ। 

जबरजस्ती करणी तथा मानव बेचबिखन ओसारपसार मुद्दाका फरार प्रतिवादी उदयपुर त्रियुगा नगरपालिका-१० वोक्से ठेगाना भएका ३४ वर्षीय पारस भन्ने दिपक कुमार बस्नेतलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत विराटनगरको २०८० मंसिर ५ गतेको फैसलाले जबरजस्ती करणी तथा मानव बेचबिखन ओसारपसार मुद्दामा १२ वर्ष कैद र ५० हजार रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं अनामनगरबाट पक्राउ गरेको हो ।


प्रतिवादी दिपकले २०७६ मंसिर २१ गते एक युवतीलाई ललाई फकाई, डर, धम्की देखाई झुक्यानमा पारी पटक-पटक जबरजस्ती करणी गरेको र भारततर्फ घरजम गरौला भनी झुक्यानमा पारी बेचबिखन गर्ने उदेश्यले २०७६ पुस १८ गते भारततर्फ लादै गरेको अवस्थामा पीडितलाई उद्दार गरिएको जबरजस्ती करणी तथा मानव बेचबिखन मुद्दामा अदालतबाट उक्त फैसला भएको थियो ।

उनलाई फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पेश गरिएको छ ।