लामिने यामालको उमेर बढी भएको अफवाह


एजेन्सी ।

केही समयअघि स्पेनलाई यूरो कप २०२४ को उपाधि दिलाउँदा महत्वपूर्ण भूमिका निभाएका किशोर खेलाडी लामिने यामालको उमेर बढी भएको अफवाह फैलिएको थियो। गत जुलाई १३ मा १६ वर्ष पूरा गरी १७औं जन्मदिन मनाएको भोलिपल्टै यामाल सम्मिलित स्पेनिस राष्ट्रिय टोलीले तेस्रो पटक यूरो कपको उपाधि जितेको थियो ।

त्यससँगै उनको नाममा युरोकप जित्ने सबैभन्दा कम उमेरको खेलाडीको कीर्तिमान बन्यो । त्यसअघि स्पेनले सेमिफाइनल निकालेको जितमा फ्रान्सविरुद्ध यामालले एक सानदार गोल गरेर यूरोकपको सबैभन्दा कम उमेरको गोलकर्ता बने । बार्सिलोना स्टार यामालले कम उमेरमा यो स्तरको प्रदर्शन गर्दा सबैको ध्यान आकर्षित भएको थियो । तर, उनको उमेरलाई लिएर केही समयअघि अफवाहहरू फैलिएको थियो । उनी अहिले १९ अथवा २० वर्षको हुनुपर्ने अफवाह फैलिएको थियो ।

यामाल २० वर्षका हुन त ?
गत मार्चमा एउटा सामाजिक मिडियाले यामाल सन २०१५ मा बार्सिलोनाको युवा एकेडेमी ला मासियामा सम्मिलित हुँदा १० वर्षका थिए भनेर दावी गरेका थिए । यदि, यामाल २०१५ मा १० वर्षका थिए भने उनी अहिले १९ वर्षको हुनुपर्ने भनिएको थियो। यद्यपि, यो कुरा फैलिन सुरु भएको छोटो समयमै फ्यानहरूले यस विषयमा अनुसन्धान गरेर सत्य पत्ता लगाएका थिए। केही स्रोतहरूका अनुसार यामाललाई १० वर्षको देखाउने उक्त समाचार डिसेम्बर २०१७ मा निस्केका बताइएको छ।

यदि यामाल २०१७ मा १० वर्षको थिए भने, उनी यो वर्ष मात्र १७ वर्षको भएको पुष्टि हुन्छ । यसरी उक्त समाचारलाई गलत अफवाह मान्न सकिन्छ । उनले २०१५ मा सात वर्षको उमेरमा बार्सिलोनाको युवा परियोजनामा खेल्न सुरु गरेका थिए। यामालले पनि आफ्नो उमेरको विषयमा झुटा अफवाहहरूमाथि व्यंग्य गर्दै आफू १६ वर्षको होइन ३० वर्षको भनेका थिए।

मेसीसँगको फोटोशूटले दर्शाएको कुरा

केही वर्ष पहिले बार्सिलोनाका खेलाडीहरूले स्पेनको समाचार पत्रिका डायारियो र यूनिसेफद्वारा आयोजित च्यारिटी क्यालेन्डरको लागि विभिन्न परिवारका बच्चाहरूसँग फोटोशूट गरेका थिए। यामालको परिवारलाई पनि लियोनेल मेसीसँग भेट्न र तस्वीरहरू खिच्ने मौका मिलेको थियो।

विभिन्न स्रोत र यामालका अभिभावकका भनाइहरूबाट २००७ मा यामाल बच्चा हुँदा मेसीसँग तस्वीर खिचाएको पुष्टि भइसकेको छ। तर, यामालले २००७ मा उक्त तस्वीर खिचाएको हो भने उनी २०२७ मा मात्र २० वर्षका हुने देखिएको छ। किनभने त्यस समयमा मेसी मात्र २० वर्षका थिए। उनी अहिले ३७ वर्षका छन्।