साउन ३१ गते बिहीबार, यस्ताे छ तपाईँकाे राशिफल

0
Shares

मेष : बिहानको समय अनुकूल छैन तर त्यसपछि भने लाभ, सम्मान, खुशी–उमंग होला ।

वृष: बिहान लाभ होला तर त्यसपछि भने स्वास्थ्य समस्या, कार्यबाधा, हानि हुन सक्छ ।

मिथुन : समय उत्तम छ । आर्थिक लाभ, स्वास्थ्यलाभ, प्रेममा सफलता, शुभ यात्रा हुन सक्छ ।

कर्कट: दिन शुभ छ । काममा सफलता, धनलाभ, प्रतिस्पर्धामा विजय, पारिवारिक सुख होला ।

सिंह: बिहान स्वास्थ्य समस्या भए पनि त्यसपछि कार्य सफल, धनलाभ हुने सम्भावना छ ।

कन्या: बिहानको समयमा पैसा प्राप्ति, पराक्रम होला तर त्यसपछि भने दौडधुप, तनाव हुन सक्छ ।

तुला: दिन शुभ फलदायक छ । धनलाभ, क्षमता वृद्धि, पुरस्कार प्राप्तिको सम्भावना देखिन्छ ।

वृश्चिक: शुभ समय भएकाले अन्नलाभ, उपहार प्राप्ति, कूटनीतिक सफलता, सुख–सन्तोष होला ।

धनु: बिहानको समयमा धन खर्च तर त्यसपछि भने भाग्योदय, कार्य सफल नहोला भन्न सकिन्न ।

मकर: बिहान उत्तम भोजन तर त्यसपछिबाट चोटपटक, स्वास्थ्य समस्या हुन सक्ने देखिन्छ ।

कुम्भ: समय उत्तम छ । सुख–सन्तोष, कार्य सफल, सेवा वा वस्तु प्राप्ति, आर्थिक लाभ हुन सक्छ ।

मीन: सामान्य प्रयासले राज्यबाट लाभ, व्यापारिक फाइदा, कार्य सफल, मन प्रफुल्लित हुने देखिन्छ ।