साउन ३० गते बुधबार, यस्ताे छ तपाईँकाे राशिफल

0
Shares

मेष : रोग बल्झिने, थालेको काम अधुरो, व्यर्थमा खर्च हुने सम्भावना भएकाले सजग रहनुहोला ।

वृष: समय शुभ फलदायक छ । जीवनसाथीसँगको सम्बन्ध प्रगाढ हुँदा लाभ, समस्या समाधान होला ।

मिथुन: दिन अनुकूल छ । धन प्राप्ति, प्रतिस्पर्धीहरुमाथि विजय, पढाइमा सफलता हुने देखिन्छ ।

कर्कट: शुभ समय भएकाले कार्य सफल, प्रतिफल प्राप्ति, इष्टमित्रबाट सहयोग हुने देखिन्छ ।

सिंह: समय अनुकूल देखिँदैन । अपच, झाडापखालाको सम्भावना, अस्तव्यस्त, तनाव हुन सक्छ ।

कन्या: दिन धेरै राम्रोसँग बित्ला । आर्थिक लाभ, प्रतिष्ठा वृद्धि, सम्मानित हुने सम्भावना छ ।

तुला: समय अनुकूल भएकाले धन प्राप्ति, बौद्धिक क्षमता वृद्धि, सुख–सन्तोषको अनुभूति होला ।

वृश्चिक: समय बलवान् छ । खाद्यान्न–मिष्ठान्न भोजन, उपहारादि वस्तु पाइने सम्भावना छ ।

धनु: सजग रहनुस्, खर्च, चोटपटकको सम्भावना, काममा बाधा–व्यवधान नहोला भन्न सकिन्न ।

मकर: शुभ समय भएकाले कसैबाट केही पाइने सम्भावना, इष्टमित्रबाट सहयोग, सन्तोष हुनेछ ।

कुम्भ: थोरै परिश्रम गर्दा पनि आनन्दको महसुस, गरेका कामबाट सन्तुष्टि एवम् लाभ हुने देखिन्छ ।

मीन: राज्यका तर्फबाट फाइदा होला । मान–प्रतिष्ठा वृद्धि, बोलीको कदर हुने समय आएको छ ।