यी हुन् नेपालका राष्ट्रिय विभूतिहरु

0
Shares

नेपालका राष्ट्रिय विभूतिहरुमा १८ जना नेपालीहरू सूचीकृत छन् । प्राचीन, मध्ययुगीन र आधुनिक कालमा मुलुकलाई योगदान पुर्याएका व्यक्तिहरुलाई समावेश गरिएको राष्ट्रिय विभूतिको घोषणा राजा महेन्द्रले गर्न लगाएका थिए ।

राष्ट्रिय विभूति घोषणाका लागि त्यस बेलाका प्रसिद्ध साहित्यकार बालकृष्ण समको अध्यक्षमा एउटा आयोग गठन गरिएको थियो । सोही आयोगले धार्मिक, सांस्कृतिक वा आर्थिक सुधार, युद्धकालीन वीरता, प्रजातन्त्र, साहित्य, वास्तुकलाजस्ता क्षेत्रमा राष्ट्रको गौरवमा पु¥याएको योगदानका आधारमा प्रसिद्ध व्यक्तिहरुलाई राष्ट्रिय विभूतिको रुपमा घोषणा गरेको थियो । हाल नेपाल प्रज्ञा प्रतिष्ठानको नेतृत्वमा रहेको आयोगको सिफारिसमा राष्ट्रिय विभूति घोषणा गर्ने गरिएको छ ।

नेपालमा राष्ट्रिय विभूतिको उपाधि मरणोपरान्त मात्र प्रदान गर्ने गरिएको छ । यो नियमित उपाधि वा पुरस्कार होइन ।
नेपालका राष्टिय विभूतिहरुमा गौतम बुद्ध, अंशुवर्मा, सीता,जनक,अरनिको, राम शाह, अमरसिंह थापा, श्री ५बडामहाराजधिराज पृथ्वीनारायण शाह, भानुभक्त आचार्य, भीमसेन थापा, बलभद्र कुँवर, राजा त्रिभुवन शाह, मोतिराम भट्ट, शंखधर साख्वा, पासाङ ल्हामु शेर्पा, महागुरु फाल्गुनन्द, भक्ति थापा र जयपृथ्वीबहादुर सिंह रहेका छन् ।