यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


काठमाडौं ।

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ। सोमबार अमेरिकी डलरको कारोबार भाउ स्थिर रहेको छ। आज एक अमेरिकी डलरको खरिददर १३४ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६४ पैसा कायम गरिएको छ। आइतबार पनि सोही मूल्यमा यसको कारोबार भएको थियो।

सोमबार युरोपियन युरोको एकको खरिददर १४६ रुपैयाँ ३२ पैसा रहेको छ भने बिक्रीदर १४६ रुपैयाँ ९८ पैसा तोकिएको छ। यसअघि यसको खरिददर १४६ रुपैयाँ ३४ पैसा रहेको छ भने बिक्रीदर १४६ रुपैयाँ ९९ पैसा कायम गरिएको थियो। बेलायती पाउन्ड एकको खरिदमूल्य १७१ रुपैयाँ ०८ पैसा र बिक्रीदर १७१ रुपैयाँ ८४ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा २४ पैसाले बढेको हो। आइतबार भने यसको खरिदमूल्य १७० रुपैयाँ ८४ पैसा र बिक्रीदर १७१ रुपैयाँ ६१ पैसामा कारोबार भएको थियो।

त्यसैगरी, सोमबार अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ १० पैसा र बिक्रीदर ८८ रुपैयाँ ४९ पैसा तोकिएको छ । क्यानेडियन डलर एकको खरिददर भने ९७ रुपैयाँ ६२ पैसा र बिक्रीमा ९७ रुपैयाँ ०६ पैसा पाइन्छ। उता, जापानी येन १० को खरिददर ९ रूपैयाँ १४ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ १८ पैसा रहेको छ।

चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ७० पैसा तथा बिक्री दर १८ रूपैयाँ ७९ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ८२ पैसा तथा बिक्री दर ९ रुपैयाँ ८६ पैसा कायम गरेको जनाइएको छ। उता कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ७६ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ९० पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ४९ पैसा र बिक्रीदर ३६ रूपैयाँ ६६ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर सोमबार ३० रूपैयाँ ३१ पैसा र बिक्रीदर ३० रूपैयाँ ४४ पैसा कायम गरेको छ।

यसैगरी, सोमबारको लागि कुवेती दिनार एकको खरिददर ४३७ रुपैयाँ ८८ र बिक्रीदर ४३९ रुपैयाँ ८४ पैसा निर्धारण भएको छ। बहराइन दिनारको खरिददर ३५५ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३५७ रुपैयाँ १४ पैसा निर्धारण भएको छ।