काभा भलिबलमा दोस्रो भएका खेलाडी सम्मानित


ललितपुर ।

्सैबु भलिबल क्लबले भलिबल खेलका राष्ट्रिय टिमका कप्तान मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारलाई सम्मान गरेको छ। भुटानको थिम्पुमा यही अगसटमा सम्पन्न सेन्ट्रल जोन एशियन भलिबल एसोसिसन (काभा ) वीच भलिबलमा दुबै खेलाडी दोस्रो भएका हुन्।

सो प्रतियोगितामा माल्दिभ्सका खेलाडीले पहिलो स्थान हासिल गरेका थिए। क्लबका अध्यक्ष धिरज कुँबरले सम्मानपत्र प्रदान गरेका थिए। सम्मान कार्यक्रममा क्लबका उपाध्यक्ष एवं सैंबु ब्याडमिन्टन सर्कलका अध्यक्ष मिलन थापा, समाजसेवी हरिकुमार थापा, सर्कलका बरिष्ठ सदस्य गोपालराम पौडेलले श्रेष्ठ र सुनारलाई सम्मान गरेका थिए। श्रेष्ठ क्लबका कार्यकारी सदस्य हुन।


सम्मान कार्यक्रममा बोल्दै श्रेष्ठले सम्मानले भर्खरै खेलिरहेका खेलाडीलाई समेत प्रोत्साहन मिल्ने बताए। खेलकुदलाई कसरी अघि बढाउने र यस स्थानलाई परिचय गराउने भन्ने विषयमा गहन छलफल गर्नुपर्ने बताए।