खुकुरी प्रहार गरी फरार रहेका दुई जना पक्राउ

2.1k
Shares

काठमाडौं ।

ज्यान मार्ने उद्देश्यले खुकुरी प्रहार गरी फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा संखुवासभा खादवारी नगरपालिका ५ बस्ने २५ वर्षीय मिङमा शेर्पा र सोही गाउँपालिका बस्ने ३० वर्षीय रिन्जी शर्मा रहेका छन् ।

उनीहरुले गत २५ गते राती १० : ३० बजेको समयमा काठमाडाैं २५ उग्रतारा मन्दिर अगाडि रुकुमपूर्व, सिस्ने गाउँपालिका ५ बस्ने वर्ष २४ को सुमन खड्कामाथी ज्यान मार्ने उद्देश्यले धारिलो हतियार खुकुरी प्रहार गरी घाईते बनाएका थिए ।

उनीहरुलाई काठमाडाैं वडा नम्बर २८ पुरानो बसपार्कबाट पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त, जनसेवा काठमाडाै पठाएकाे छ ।