साउनमा मात्रै ११ फरार अभियुक्त पक्राउ

238
Shares

काठमाडौं ।

साउनमात्रै फरार रहेका ११ जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा वन मुद्दाका तिलकराम चौधरी, लेनदेनका सुनमाली घर्ती, बैंकिङ कसुरका केशव सुवेदी, चिरन काठका किरण बुढा र अखेटो पाहारका शिवराज नेपाली छन् ।

यसैगरी सवारी ज्यानका मोक्तान चौधरी, मोबाइल चोरीका सुरज वादी, सवारी ज्यानका कृष्ण बहादुर बिक, लेनदेनका दिल कुमार पुन मगर, लाल बहादुर पुन र चोरी मुद्दाका दिनेश नेपाली छन् ।

उनीहरु ११ प्रतिवादीहरु पक्राउ गरी जिल्ला अदालत दाङमा बुझाइएकाे छ ।