अमेरिका पठाईदिन्छु भनी ५४ लाख ठगी गर्ने युवती पक्राउ

784
Shares

काठमाडौं ।

अमेरिका पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एकजना युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्घाखाँची घर भएकी २१ वर्षीया लक्ष्मी माझी रहेकी छन् ।

अर्घाखाँचीको पाणीनी गाउँपालिका–७ घर भएर अहिले तारकेश्वर नगरपालिकामा बस्ने माझीले अमेरिका पठाउँछु भनेर ५४ लाख ठगेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले बताए ।

अमेरिकामा मासिक २ लाख तलव हुने जागिर मिलाइदिन्छु भनेर पीडितहसँग रकम लिएर उनी फरार भएकी थिइन् । आरोपीलाई काठमाडौँको तारकेश्वरबाट पक्राउ गरिएको एसपी आचार्यले बताए । उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।