कोरोना संक्रमित नोआ लायल्सले परिस ओलम्पिकमा जिते कास्य


एजेन्सी ।

पेरिस ओलम्पिकमा विश्वकै तेज धावक अमेरिकी नोआ लायल्स कोभिड सङ्क्रमित हुँदा पनि कास्य पदक जितेका छन्। उनी १०० मिटरका स्वर्ण पदक विजेता हुन् । विगतका वर्षमा पनि १०० र २०० र ४०० रिलेमा पनि उनी जित्ने खेलाडी हुन् ।

यस पटक उनले १०० ,२०० र ४०० रिलेमा जित्ने र ३ वटा स्वर्ण पदक ल्याउने अमेरिकाले अपेक्षा गरेको थियो । तर दुर्भाग्यवश खेल खेल्नु अगाडी कोभिड-१९ बाट सङ्क्रमित हुन् पुगे तर उनले कुद्न त्यागेनन् । उनी विश्वकै तेस्रो तेज धावकमा नाम लेखाउन सफल भएका छन्। ४०० रिले शुक्रबार हुँदै छ।

एनबिसीन्यूजका अनुसार विश्व प्रख्यात नायल्स दोहोरो प्रतिस्पर्धामा स्वर्ण पदक हात पार्न सकेनन् । दमका समेत रोगी रहेका लायल्सलाई गत मंगलबार कोभिड आक्रमित हुँदा पनि दौडमा भाग लिए। लायल्सले पेरिस ओलम्पिकमा पुरुषको २०० मिटरमा कांस्य जित्नुभन्दा केही दिनअघि आफूलाई कोभिड -१९ भएको पत्ता लागेको बताए।

दौडमा तेस्रो स्थान हासिल गरेको केही क्षण पछि उनले छोटो अन्तर्वार्ता दिए। अमेरिकाको भर्जिनिया राज्यको अलेक्जान्ड्रियाका तेज धावकले बिहीबार १९.७० को समयसँग २०० मिटर दौडिए, त्यसपछि भुइँमा पल्टिए।

चिकित्सकहरूले पानी ल्याएपछि उनी बसिरहे। कांस्य पदक प्राप्त गर्न सक्षम भएकोमा म आफैँमा धेरै गर्व गर्दछु ,लायल्सले भने। गत ओलम्पिकमा म धेरै निराश थिएँ र यस पटक म बढी गर्व गर्दछु।