नयाँ बसपार्कमा एक जना मृत फेला


काठमाडौं ।

काठमाडौं महानगरपालिका-२६ नयाँ बसपार्क भित्र ३ नम्बर गेट नजिक विगत २ महिनादेखि पार्किङ गरी राखेको बा.२ ख २३४४ नम्बरको बसमा सुनसरी इटहरी उपमहानगरपालिक-१३ घर भएका ३७ वर्षीय प्रल्लाद अधिकारी मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

नवलपरासी पश्‍चिम, प्रतापपुर गाउँपालिका-६ रेतास्थित बाटो छेउमा भारत घर भएकी ६५ वर्षीया सुभावती चमार मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । यसैगरी नवलपरासी पश्‍चिम, सरावल गाउँपालिका-४ ठुलो बडसारेस्थित पुल मुनी बर्दघाट नगरपालिका-७ बस्ने ६० वर्षीय बर्मा थारू मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

उदयपुर, त्रियुगा नगरपालिका-६ चुरे सामुदायिक जंगलस्थित सडक छेउमा सोही नगरपालिका-६ मोहनपुर बस्ने ३२ वर्षीय जिवन गुरागाई मंगलबार मृत अवस्थामा फेला परेका छन् । जाजरकोट, भेरी नगरपालिका-२ नाउलीस्थित सडकमा कुशे गाउँपालिका-५ दम्दला बस्ने ६८ वर्षीय लालबिर मल्ल मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

दोलखा, भिमेश्वर नगरपालिका(६ बिमिरे बस्ने ६० वर्षीय राम बहादुर तामाङ सोही ठाउँस्थित पानीको कुलोमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । कञ्चनपुर, बेदकोट नगरपालिका-१० नयाँ गाउँस्थित सडकमा सोही नगरपालिका(१० बस्ने २३ वर्षीय प्रबिन डगौरा बुधबार मृत अवस्थामा फेला परेका छन् ।

अर्घाखाँची, शितगंगा नगरपालिका-१४ बिक्रम बस्ने ७१ वर्षीय जुद्द बहादुर सोमै सोही ठाउँस्थित नहरको कलभटमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । सर्लाही, पर्सा गाउँपालिका-५ स्थित सपहा खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।