ठूलो परिमाणमा गाँजा बरामद

476
Shares

नवलपरासी ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । गत साउन १२ गते साँझ ५स् ३० बजेको समयमा ईप्रका रजहरलाई प्राप्त गोप्य सूचनाका आधारमा करिव ७ सय ६९ केजी ३१ ग्राम लागू औषध गाँजा बरामद भएको प्रहरी उपरीक्षक नरहरी रेग्मीले जानकारी दिनुभयो ।

प्रहरीले एन एल ०१ एन ५५४४ भारतीय नम्वर प्लेटको गाडीमा गैह्र कानुनी काम कारबाही हुने गरेको भन्ने प्राप्त सूचनाका आधारमा सोही रात संगै रहेको नेपाली नम्वरको कार सहित ट्रकलाई नियन्त्रणमा लिएको थियो ।

भारतीय माल बाहक कन्टेनर ट्रकको बन्द बडी भित्र क्याविन पछाडिको भागमा फल्स बटम बनाई लुकाएर राखिएको २४ ओटा बोरा भित्र उक्त पदार्थ सहित २ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा चितवन राप्ती नगरपालिका वडा नं.२ बस्ने वर्ष ३३ को मदन लामा र सोही ठाउँ निवासी दिनेश भनिने सन्तोष लामा रहेकाछन् । प्रहरीले पक्राउ परेका व्यक्तिहरूले प्रयोग गरेको बाग्मती प्रदेश ०१( ०२६ च ५१५९ को कार समेत नियन्त्रणमा लिई घटना बारे आवश्यक अनुसन्धान भई रहेको जनाएको छ ।

पक्राउ पर्नु अघि उक्त कार मुग्लिन,बीरगंज,लगायत नवलपरासी पूर्व क्षेत्रमा घुमि रहेको कारमा जडित जिपिस डिभाइसले देखाएको प्रहरीको भनाई रहेको छ ।

उक्त ट्रक मदन लामाले चलाएर ल्याउदै गरेको अवस्थामा प्रहरीले स्थानीय हमाल चोकबाट नियन्त्रणमा लिएको बताईएको छ ।
नियन्त्रणमा लिईएको कार र ट्रकका चालक भने फरार रहेकाले उनीहरूको पनि खोजी भई रहेको प्रहरीले जनाएको छ ।