प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो


काठमाडौं ।

प्रि-ओपन सेसनमा नेप्से सूचक ४.०३ अंकले बढेको छ ।

यससँगै सूचक २५४०.१४ विन्दुमा आएको छ । ६९ लाख ७२ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ६५ कम्पनीको १४ हजार ८ सय २५ कित्ता सेयर कारोबार भएको छ ।

कुल ४२ कम्पनीको भाउ बढेको छ भने १३ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल १२७ वटा कारोबार भएको हो ।