नेप्सेमा हरियाली, ७० अंकले बढ्यो

168
Shares

काठमाडौँ । 

नेप्सेमा आज हरियाली छाएको छ । आज एकैदिन नेप्से ७०.१८ अंकले बढेर २३१०.५९ अङ्कमा रोकिएको हो ।

नयाँ अर्थमन्त्री विष्णु पौडेलले पदभार सम्हालेको दिन सोमबार घटेको नेप्सेले मंगलबार भने ठूलो अंकले बढेको छ।

आज ३१५ कम्पनीको दुई करोड ५८ लाख ३६ हजार २८५ कित्ता शेयर एक लाख १९ हजार ११ पटक खरिदबिक्री हुँदा ९ अर्ब १३ करोड ८६ लाख २९ हजार ६४२ बराबरको कारोबार भएको छ।

आज सिन्धु विकास बैंक, बरुण हाइड्रो, ग्रीन डेभलपमेन्ट बैंक, अन्खु खोला जलविद्युत र मन्दाकिनी हाइड्रोको सेयरमा सकारात्मक सर्किट लागेको थियो । आज कारोबार भएका सबै कम्पनीको शेयर मूल्य  बढेको नेप्सेले जनाएको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनगाडी ग्रुपको २१ करोड ७७ लाख बराबरको कारोबार भएको छ।