गड्तौला कामु मुख्य सचिवमा नियुक्त

3.57k
Shares

काठमाडौं ।

सरकारले निमित्त मुख्य सचिव लीलादेवी गड्तौलालाई कायम मुकायम (कामु) मुख्य सचिवमा नियुक्त गरेको छ। गड्तौला नेपालकै पहिलो महिला कामु मुख्य सचिव बन्नुभएको छ।

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी वरिष्ठ सचिव गड्तौलालाई कामु मुख्य सचिव बनाउने निर्णय गरेको हो।

गड्तौलाले गत असार १० गतेदेखि निमित्त मुख्य सचिवको रूपमा काम गर्दै आउनुभएको थियो। तत्कालीन मुख्य सचिव डा. वैकुण्ठ अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेसँगै रिक्त हुन पुगेको मुख्यसचिव पदमा प्रधानमन्त्री कार्यालयकै वरिष्ठ सचिव रहेकी गड्तौलालाई निमित्त मुख्य सचिवको जिम्मेवारी दिइँदै आइएको थियो।

कानुनमा विशेष दख्खल भएकी गड्तौला इमान्दार प्रशासकको रूपमा चिनिनुहुन्छ। उहाँ निर्णय क्षमतामा पनि अब्बल मानिनुहुन्छ ।

Skip This